+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

फेवातालमा हावाहुरीले फसेका तीन जनाको सफल उद्धार

जनवाच
१ महिना अगाडी

काठमाडौँ। फेवातालमा बोटिङ गर्दै गर्दा एक्कासि आएको हावाहुरीले फसेका तीन जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

पोखरा महानगरपालिका–६ स्थित फेवातालमा प्याडल बोटमा रहेका तीन जना पर्यटक हावाहुरीका कारण तालको बीचमा फसेपछि कालिका गण कास्कीबाट खटिएको सुरक्षा टोलीले उद्धार गरेको हो।

सशस्त्र प्रहरीको फेवाताल रेस्क्यु टावरमा तैनाथ सुरक्षाकर्मीहरूले उद्धार अभियान सञ्चालन गरी उनीहरूलाई सुरक्षित रुपमा किनारमा ल्याएका थिए। उद्धार गरिएका तीनै जना पूर्ण रूपमा सुरक्षित रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ