काठमाडौँ । थापाथली क्षेत्रमा मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुख्य पाइप बिहानीपख फुट्दा बाढी आएको छ । पानीको अत्यधिक प्रवाहका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने स्थानीय बासिन्दा र यात्रुहरूलाई आवागमनमा कठिनाइ भएको छ ।
पाइप फुट्नुको कारण अहिलेसम्म यकिन भइसकेको छैन । यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप फुट्दा सरकारी कार्यालयहरू डुबानमा परेका थिए । उक्त घटनामा विद्युत प्राधिकरणको कामका क्रममा पाइप फुटेको खुलेको थियो ।