काठमाडौं – आजको दिन केहि राशिका लागि विशेष हुनसक्छ। कोही प्रेम जीवनमा उर्जाशील महसुस गर्नेछन् भने कोही व्यापार र करियरमा नयाँ अवसरहरू प्राप्त गर्न सक्छन्।
मेष (Aries) – आत्मिक उन्नति र परिवारसँग निकटता
आज तपाईंको ध्यान आध्यात्मिक तथा दार्शनिक कुराहरूमा केन्द्रित हुन सक्छ। परिवारका सदस्यहरूसँग समय बिताउनु लाभदायक हुनेछ। खाद्य व्यवसायमा संलग्न व्यक्तिहरूका लागि राम्रो समय छ। कुनै महत्वपूर्ण काम अघि बढाउनु छ भने ‘ॐ धरणीसुताय नमः’ मन्त्र १० पटक जप गर्नु शुभ रहनेछ। शुभ रंग गुलाबी, शुभ दिशा पूर्व।
बृष (Taurus) – सोच विचार गरेर निर्णय लिनुहोस
अनपेक्षित विषयहरूमा रुचि बढ्नेछ। तर, ठूलो निर्णय लिनुअघि सावधानी अपनाउनुहोस। व्यापार वा करियरमा नयाँ योजना बनाउने राम्रो समय हो। नकारात्मक सोच हटाउनु आवश्यक छ। शुभ रंग सेतो, शुभ दिशा उत्तर। आज ‘ॐ महाकालाय नमः’ मन्त्र २१ पटक जप गर्दा लाभ मिल्नेछ।
मिथुन (Gemini) – सम्बन्ध सुधार्न अनुकूल दिन
आजका दौडधुप लाभदायक हुनेछन्। पारिवारिक सम्बन्ध सुधार गर्न र नयाँ योजना अघि बढाउन राम्रो समय छ। सुख-सुविधाका वस्तुहरूमा खर्च हुन सक्छ। सरकारी वा प्रतिष्ठानसँग सम्बन्धित काम अगाडि बढाउन अनुकूल दिन हो। शुभ रंग कलेजी, शुभ दिशा पश्चिम। ‘ॐ हिरण्यगर्भाय नमः’ मन्त्र ७ पटक जप गर्दा सफलता मिल्नेछ।
कर्कट (Cancer) – मेहनतले सफलता मिल्नेछ
आज मेहनतले भविष्य निर्माणको मार्ग देखाउनेछ। करियर वा व्यापारप्रति विशेष ध्यान दिनुहोस्। प्रतिष्ठा बढ्ने समय छ, तर मानसिक शान्तिमा ध्यान दिनु आवश्यक छ। शुभ रंग गाढा रातो, शुभ दिशा दक्षिण। ‘ॐ घृणि सूर्याय नमः’ मन्त्र ७ पटक जप गर्दा भाग्यबल बढ्नेछ।
सिंह (Leo) – कार्यक्षमतामा सुधार, प्रेम जीवन उज्ज्वल
आज तपाईं आफ्नो क्षमताबाट अरूलाई प्रभावित पार्ने मौका पाउनुहुनेछ। करियरमा सिनियरहरूको ध्यान आकृष्ट गर्न सक्नुहुन्छ। प्रेम जीवन सुदृढ हुनेछ। नवीन रोजगारी वा व्यापारको योजना छ भने सुरु गर्नु उपयुक्त छ। शुभ रंग गुलाबी, शुभ दिशा पूर्व। ‘ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः’ मन्त्र ७ पटक जप गर्दा सफलता मिल्नेछ।
कन्या (Virgo) – संयम आवश्यक, सफलता सम्भव
आज केही निराशाजनक परिस्थितिहरू आउन सक्छन्, तर तपाईंको लगनशीलताले सफलता दिलाउनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। चुनौतीका बीचमा अवसरहरू भेट्टाउन सकिनेछ। शुभ रंग गुलाबी वा सिन्दुरे, शुभ दिशा उत्तर। ‘ॐ हं हनुमते नमः’ मन्त्र २१ पटक जप गर्दा आत्मबल बढ्नेछ।
तुला (Libra) – मित्रवत् सम्बन्ध र नवीन अवसर
नयाँ साथी बनाउने अवसर मिल्नेछ। आजको दिन ज्ञान आर्जनका लागि अनुकूल छ। कार्यक्षेत्रमा सफलता मिल्नेछ, पारिवारिक वातावरण सुखद हुनेछ। शुभ रंग रातो, शुभ दिशा पश्चिम। ‘ॐ लक्ष्मीनारायणाभ्यां नमः’ मन्त्र ११ पटक जप गर्दा राम्रो हुनेछ।
बृश्चिक (Scorpio) – मन प्रफुल्ल, तर कानुनी मामिलामा सतर्कता आवश्यक
आज तपाईंको मन प्रसन्न रहनेछ। संगीत तथा सौन्दर्यमा रुचि बढ्नेछ। तर, कानुनी तथा लगानीसम्बन्धी काममा सतर्क रहनुहोस्। शुभ रंग पहेंलो, शुभ दिशा दक्षिण। ‘ॐ धन्वन्तरीदेवाय नमः’ मन्त्र ११ पटक जप गर्दा लाभ हुनेछ।
धनु (Sagittarius) – अध्ययन र अनुभवको लाभ
सीप र अनुभवका आधारमा सफलता मिल्नेछ। पठनपाठन र नयाँ ज्ञान आर्जन गर्ने राम्रो समय छ। आफन्त वा छोराछोरीको माध्यमबाट लाभ मिल्नेछ। शुभ रंग गाढा रातो, शुभ दिशा पूर्व। ‘ॐ भास्कराय नमः’ मन्त्र ७ पटक जप गर्दा लाभ हुनेछ।
मकर (Capricorn) – आत्मविश्लेषणको समय
आज तपाईंको मन अस्थिर रहन सक्छ। आत्मविश्लेषण गर्दै समस्याहरूको हल खोज्नु उचित हुनेछ। विश्वासको संकट आउन सक्छ, त्यसैले आपसी सम्बन्धमा स्पष्टता राख्नुहोस्। शुभ रंग सिम्रिक रातो, शुभ दिशा उत्तर। ‘ॐ नमश्चण्डिकायै’ मन्त्र ९ पटक जप गर्दा लाभ मिल्नेछ।
कुम्भ (Aquarius) – साझेदारी तथा पारिवारिक सहयोग
साझेदारीमा व्यवसाय गर्ने वा यात्रामा निस्कने व्यक्तिहरूले स्पष्ट योजना बनाउनु पर्छ। पारिवारिक तथा व्यवसायिक जीवनमा सुधार आउनेछ। शुभ रंग गुलाबी वा सिन्दुरे, शुभ दिशा पश्चिम। ‘ॐ विघ्नविनाशिने नमः’ मन्त्र २१ पटक जप गर्दा सफलता मिल्नेछ।
मीन (Pisces) – आर्थिक तथा पारिवारिक सफलता
आजको दिन धन लाभका लागि राम्रो देखिन्छ। रकम संकलन तथा व्यवस्थापन गर्न सफल भइनेछ। पारिवारिक जीवनमा सन्तोषजनक अनुभूति हुनेछ। शुभ रंग कलेजी, शुभ दिशा पूर्व। ‘ॐ भास्कराय नमः’ मन्त्र ७ पटक जप गर्दा सफलता मिल्नेछ।
धैर्य, संयम, सकारात्मक सोच र सही निर्णयले दिनलाई अझ सफल बनाउन सकिन्छ। तपाइकोदिन सुभ रहोस