+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

बालेनको कडा प्रहार : “महानगरको काममा नाकाबन्दी, तर सुशासनको लडाइँ रोक्दिन”

बालेनले भ्रष्टाचारविरुद्ध आफ्नो लडाइँ जारी रहने बताउँदै भने, "महानगरलाई जति नाकाबन्दी लगाए पनि हाम्रो नियतमा फरक पर्दैन। नयाँ नेपाल बनाउन सुशासन पहिलो शर्त हो।

जनवाच
१ महिना अगाडी

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेरि एक पटक सरकारप्रति कडा असन्तोष पोख्दै आफ्नो अडान प्रष्ट पारेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई “भ्रमको खेती” गरिरहेको आरोप लगाउँदै महानगरको विकास रोक्न अनेक अवरोध सिर्जना गरेको” बताएका छन्।

बालेनले सामाजिक सञ्जालमार्फत छ वटा ठूला उदाहरण दिँदै सरकारका निर्णयहरूप्रति प्रश्न उठाएका छन्। उनले भने, “सुशासनका लागि जोसँग पनि जुध्न तयार छु, तर सम्झौता कहिल्यै गर्दिन।”

बालेनका अनुसार काठमाडौं महानगरका कार्यकारी अधिकृतहरू बारम्बार हटाइनु, भ्यू टावरको नक्सापासका विषयमा झूटो प्रचार गरिनु र कर्मचारी पठाउन नसक्ने सरकारले उल्टै महानगरलाई आरोप लगाउनु जस्ता क्रियाकलापले सरकारको नियत उदांगो भएको छ।

उनले प्रश्न गरे, “सरकारले महानगरको काममा सहयोग गर्नुको सट्टा नाकाबन्दी लगाएर विकास रोक्न खोजेको हो?”

बालेनले महानगरका कार्यकारी प्रमुखहरूको विषयमा सरकारकै गैरजिम्मेवार भूमिका रहेको आरोप लगाए। उनले भने, “हामीले २ जना कार्यकारी हटाउँदा सरकारलाई समस्या, तर सरकारले राम्रोसँग काम गरिरहेका २ जना हटाउँदा कुनै प्रश्नै उठ्दैन? के सरकारले असल कर्मचारीलाई पनि टिका लगाएर हटाउने नीति लिएको हो?”

उनले महानगरका भ्रष्ट कर्मचारीहरूलाई हटाउनु स्वाभाविक भएको बताए। “के भ्रष्ट कर्मचारीलाई टिकाइराख्नुपर्ने नियम बनाएको छ सरकारसँग?” भन्दै उनले कडा प्रतिक्रिया दिए।

बालेनले सरकारको नियतमाथि प्रश्न उठाउँदै भने, “महानगरलाई नाकाबन्दी गरेर हाम्रो अडान परिवर्तन हुने छैन। सुशासन आवश्यक छ, हामी त्यसका लागि लडिरहेका छौँ।”

उनले ओली सरकारलाई पूर्वाग्रह हटाएर विकासका लागि सहकार्य गर्न आग्रह गरे। “हामी तपाईँका दुश्मन होइनौँ, विकासका साझेदार हौँ। तपाईँकै कार्यकालमा भएका राम्रा कामलाई पनि हामी स्वीकार्न तयार छौँ। तर, भ्रम सिर्जना गरेर महानगरलाई बदनाम गर्ने खेल बन्द गर्नुपर्छ।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ