+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

सुदूरपश्चिम प्रदेश सभामुख भण्डारीका : पीएसओको दुर्घटनामा निधन

जनवाच
१ महिना अगाडी

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) तथा नेपाल प्रहरीका सई योगेन्द्रबहादुर बोहोराको सोमबार भएको सवारी दुर्घटनामा निधन भएको छ। सुरक्षाकर्मीहरूकै यात्रा सुरक्षित छैन भन्ने प्रश्न पुनः उठाउँदै यो घटनाले सवारी सुरक्षामा गम्भीर ध्यानाकर्षण गराएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र बोहोराका अनुसार सई योगेन्द्र अत्तरियाबाट धनगढीतर्फ जाँदै थिए। उनले चलाएको सु.प्र–०१–००९ प ३४२९ नम्बरको स्कुटर बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको निधन भयो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ