+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नागरिक लगानी कोषका सहभागीहरूलाई शहीद गंगालाल अस्पतालमा १० प्रतिशत छुट

जनवाच
१ महिना अगाडी

काठमाडौँ । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको विभिन्न कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध गरिने भएको छ।

यससम्बन्धी सम्झौतामा आइतबार नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र शहीद गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. रबी मल्ल बीच हस्ताक्षर भएको हो।

सम्झौताअनुसार, कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले शहीद गंगालाल अस्पतालका पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट पाउनेछन्। उक्त छुट प्राप्त गर्न कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ