+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपराध

३ करोडभन्दा बढी ठगी आरोपमा फरार महिला पक्राउ

जनवाच
१ महिना अगाडी

काठमाडौं । ठगी तथा आपराधिक लाभको आरोपमा ३९ वर्षीया कल्पना गैरे पक्राउ परेकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सीनामंगलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार गैरेले विभिन्न व्यक्तिलाई बैंक चेक दिएर ठगी गरेको उजुरी परेको थियो। ती चेकहरू भुक्तानी नभएर कालोसूचीमा परेपछि उनले नयाँ चेक दिने झुटो आश्वासन दिँदै पुराना चेकहरू जबरजस्ती फिर्ता लिने र फरार हुने गरेको खुलासा भएको छ।

३ करोड ३९ लाख रुपैयाँ ठगीको आरोप लागेकी गैरेविरुद्ध काठमाडौं जिल्ला अदालतले फागुन १५ गते पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि उनी लामो समयसम्म फरार रहँदै आएकी थिइन्।

गैरेलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ