+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

उत्तराखण्ड हिमपहिरो : चारको मृत्यु, पाँच अझै बेपत्ता

जनवाच
१ महिना अगाडी

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा आएको हिमपहिरोमा परेर चार जनाको मृत्यु भएको छ भने अझै पाँच जना बेपत्ता रहेका छन्। तेस्रो दिनसम्म पनि उद्धार कार्य जारी छ।

हिमनदी फुटेपछि ५५ जना हिउँमा फसेका थिए, जसमा ५० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। मृतकमध्ये चार जनाको उद्धारपछि मृत्यु पुष्टि भएको छ भने बाँकी पाँचजनाको अवस्था अज्ञात छ।

बेपत्ता व्यक्तिहरूको उद्धारका लागि भारतीय सेनाको विशेष ब्रिगेड परिचालन गरिएको छ। उद्धार टोलीले थर्मल इमेज क्यामेरा लगायत अत्याधुनिक प्रविधिको प्रयोग गरी हिउँमुनी रहेका सम्भावित स्थानहरूको खोजी गरिरहेको छ।

सेनाका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेका छन् र उद्धार अभियानलाई तीव्र बनाइएको छ। स्थानीय प्रशासन, सेना र आपतकालीन उद्धार टोलीले सहकार्य गर्दै निरन्तर खोजी अभियान चलाइरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ