+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाज

पवित्र रमजान महिना सुरू, पहिलो रोजाबाट उपवास यात्रा आरम्भ

रमजान केवल उपवासको महिना मात्र नभई आत्मशुद्धीकरण, समाजप्रति सेवाभाव, र धार्मिक अभ्यासलाई बलियो बनाउने अवसरका रूपमा हेरिन्छ।

जनवाच
१ महिना अगाडी

काठमाण्डौ- फागुन १८ । मुस्लिम समुदायका लागि सबैभन्दा पवित्र महिनाको रूपमा चिनिने रमजान आजदेखि सुरू भएको छ। आज बिहानै सेहरी लिएर पहिलो रोजा (उपवास) प्रारम्भ गरिएको छ, जसले आगामी ३० दिनसम्म निरन्तरता पाउनेछ।

रमजान महिनामा इस्लाम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म पानीसमेत नपिई रोजा बस्ने परम्परा छ। यो महिनालाई आत्मसंयम, दान, इबादत (प्रार्थना), र आध्यात्मिक शुद्धीकरणको विशेष अवसर मानिन्छ।

यसै महिनामा रातभर मस्जिदहरूमा विशेष तराबीह नमाज सुरू भएको छ। हाफिज (धर्मगुरु) ले ३० भागमा विभाजित कुरआन दैनिक रूपमा वाचन गर्दै नमाजमार्फत सुनाउने गर्छन्।

रमजानलाई तीन विशेष भागमा बाँडिएको छ:

  1. पहिलो १० दिन: बरक्कत (समृद्धि)
  2. बीचका १० दिन: रहमत (अल्लाहको दया)
  3. अन्तिम १० दिन: मगफिरत (माफी प्राप्ति)

रमजान महिना गरिब, असहाय, र दिनदुःखीको सहायता गर्न फितरा (एक किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य) र जकात (२.५% आम्दानीको दान) निकाल्नुपर्छ। यसलाई ईद-उल-फित्रको नमाजभन्दा अघि बाँड्नुपर्ने धार्मिक मान्यता छ।

रमजान सम्पन्न भएपछि इस्लाम धर्मावलम्बीहरूले ईद-उल-फित्र पर्व भव्य रूपमा मनाउनेछन्। यो पर्व आपसी सद्भाव, दान, र सामाजिक एकताको प्रतीक मानिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ