काठमाडौं, फागुन १८ । एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक डिबेन्चर २०९१’ आजदेखि बिक्री खुला गरेको छ। १० वर्ष अवधिको उक्त ऋणपत्रमा बैंकले वार्षिक ७.५० प्रतिशत ब्याज दिने भएको छ। बैंकले प्रति इकाइ १ हजार रुपैयाँ दरमा ३० लाख इकाइ ऋणपत्र जारी गरेको छ। तीमध्ये १८ लाख इकाइ बैंकले संस्थागत लगानीकर्ताहरूका लागि राखेको छ भने १२ लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएका १२ लाख इकाइमध्ये ६० हजार इकाइ सामूहिक लगानी कोषलाई प्रदान गरिनेछ। इच्छुक लगानीकर्ताहरूले न्यूनतम २५ इकाइदेखि अधिकतम १२ लाख इकाइसम्म आवेदन दिन सक्नेछन्। ऋणपत्रमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ। यदि उक्त अवधिभित्र बिक्री नभएमा चैत ३ गतेसम्म आवेदन खुला रहनेछ। आवेदन सी–आस्वा प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनमार्फत दिन सकिन्छ। उक्त ऋणपत्रको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।