+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्स्योरेन्स

सिटिजन लाइफको वार्षिक साधारण सभा चैत १५ मा, २८.४% लाभांश प्रस्ताव

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरूलाई लाभांशमार्फत प्रतिफल प्रदान गर्दै स्थिर वित्तीय प्रगतिको संकेत दिएको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन १८ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा चैत १५ गते गर्ने निर्णय गरेको छ। कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समिति बैठकले सो मिति तय गरेको हो।

साधारण सभा भाटभटेनी, नक्सालस्थित अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे बस्नेछ। सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा अन्य महत्त्वपूर्ण प्रस्तावहरू पारित गर्नेछ।

कम्पनीले हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। प्रस्तावित लाभांशमध्ये २६.९८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश रहनेछ। साधारण सभाले उक्त प्रस्तावलाई अनुमोदन गर्नेछ।

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षण समितिको सिफारिसअनुसार बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिनेछ। हालका लेखापरीक्षक एसएआर एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य हुनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, फागुन २७ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ