काठमाडौँ-आजको दिन विशेष रहन सक्छ। कुनै शुभ कार्यको थालनी वा यात्राका लागि बिहान ९:२१ देखि १०:४८ सम्मको समय अति उत्तम छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बाध्यात्मक कार्यमा संलग्न हुनुपर्नेछ। खर्च बढ्न सक्छ तर विदेशसँग सम्बन्धित कामबाट लाभ मिल्ने सम्भावना छ। आत्मसम्मानमा चुनौती आउन सक्छ, तर लगनशीलताले सफलता दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – दाजुभाइ वा साथीहरूबाट शुभ समाचार प्राप्त हुने दिन। घरायसी सुखसुविधामा खर्च बढ्न सक्छ। सुनचाँदी तथा निर्माण सामग्रीको व्यापारमा फाइदा हुने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – क्यारियर र पेसामा महत्वपूर्ण निर्णय लिनुपर्नेछ। लगनशीलता बढाउँदा सफलता हात लाग्नेछ। वरिष्ठ वा अभिभावकसँग परामर्श गर्दा फाइदा पुग्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – पारिवारिक जिम्मेवारी बढ्नेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सम्बन्ध जोडिने सम्भावना छ। व्यवसायमा सफलता मिल्नेछ, तर नयाँ लगानी गर्दा सावधानी अपनाउनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। नसोचेको झन्झट आउन सक्छ। कुनै पनि निर्णय गर्दा जल्दबाजी नगर्नुहोस्। जोखिम मोल्नु पर्ने समय भएकाले सावधानी अपनाउनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – भावनात्मक रूपमा कमजोर बन्न सक्ने सम्भावना छ। सोच्दै नसोचेको परिवर्तनको सामना गर्नुपर्ला। मेहनत गरे सफलता हात लाग्नेछ। मनोरञ्जनभन्दा काममा ध्यान दिनुहोस्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – अनावश्यक खर्च हुनसक्छ। व्यापारिक वार्तालापका लागि उपयुक्त समय छ। नयाँ अवसरको खोजी गर्न सकिनेछ। कुनै विवादमा नपर्ने प्रयास गर्नुहोस्।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – नयाँ सिप तथा ज्ञान आर्जन गर्ने समय। कुनै नयाँ काम थालनी गर्न उपयुक्त छ। पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ। भावनात्मक विषयमा सावधानी अपनाउनुहोस्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – बाध्यात्मक काममा संलग्न हुनुपर्ने समय छ। व्यक्तिगत जीवनमा केही असन्तोष आउन सक्छ। कामप्रति लगनशील भएमा फाइदा मिल्नेछ। घरपरिवारबाट शुभ समाचार प्राप्त हुनसक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – कार्ययोजनालाई व्यवस्थित गर्नुपर्नेछ। कुनै भ्रमण वा योजना बनाउन सकिन्छ। पुराना साथीभाइसँग भेटघाट हुनेछ। व्यक्तिगत र पारिवारिक जीवनमा सन्तुलन आवश्यक छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – धन खर्च हुनसक्छ तर आकस्मिक आम्दानीको सम्भावना पनि छ। विद्वान् तथा गुरुजनको मार्गदर्शन प्राप्त हुनेछ। आत्मविश्वास बढ्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – पेसागत उन्नतिका लागि राम्रो समय। चुनौती आए पनि धैर्य राख्न सके सफलता मिल्नेछ। आत्मनिर्णयमा गरेका कार्य सफल हुनेछन्। तर, अनुभवी व्यक्तिको सल्लाह लिनु लाभदायक हुनेछ।
आज विशेष कामका लागि निस्कनुपर्दा घिउ सेवन गर्नु शुभ मानिन्छ। सफलता मिलोस्, आजको दिन मंगलमय रहोस्!