+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मौसम

देशभर बदली, पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन १७ । पश्चिमी वायू र न्यून चापीय प्रणालीको प्रभावका कारण देशका पहाडी क्षेत्रमा मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज बिहानैदेखि देशका उच्च पहाडी तथा हिमाली भेगमा बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेपनि दिउँसोपछि मौसम खुल्ने अनुमान गरिएको छ। राति भने पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ