काठमाडौं । काठमाडौँमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज दशरथ रंगशालामा हुँदैछ। साँझ ५ बजे सुरु हुने प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लब र संकटा क्लब आमनेसामने हुनेछन्।
त्रिभुवन आर्मी क्लबले क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो भने संकटाले विभागीय टोली एपीएफ क्लबलाई टाइब्रेकरमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।
यस्तै, प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल शनिबार हुने तय भएको छ। उक्त खेलमा आयोजक केपी ओली एफसीले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ। आयोजक टोलीले न्यूरोड टिमलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो।