काठमाडौं, १५ फागुन – नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का अवसरमा जापानका विभिन्न प्रमुख व्यावसायिक कम्पनीका प्रतिनिधिहरूसँग उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल को शिष्टचार भेटघाट सम्पन्न भएको छ। भेटघाटका क्रममा नेपालमा लगानीको अवसर र अनुकूल वातावरण सिर्जना गर्ने योजनाबारे पनि छलफल भएको छ।
अर्थमन्त्री पौडेलले नेपालमा जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र मा लगानीको ठूलो सम्भावना रहेको बताए। उनले नेपाल जापान फ्रेन्डसिप समिट मार्फत जापानी लगानीकर्ताहरुलाई नेपालमा थप लगानी गर्न प्रोत्साहन गर्न चाहेका छन्।
उपप्रधानमन्त्री पौडेलले भने, “सरकारले विभिन्न कानूनी सुधार र नयाँ नीतिहरू ल्याएर लगानीको लागि सहज वातावरण सिर्जना गरेको छ।” उनले नेपालका विकासका प्राथमिकता क्षेत्रहरू मध्ये विदेशी लगानीको आकर्षण बढाउन पनि जोड दिएका छन्।
समिटको उद्घाटन आज काठमाडौँमा भएको छ, जहाँ फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन र फोर्थ भ्याली लगायत एक दर्जनभन्दा बढी जापानी कम्पनीका प्रतिनिधिहरू सहभागी छन्।