काठमाडौँ, १५ फागुन – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा “छुट्ला है, छुट” योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत, बीमितहरूले नविकरण बीमाशुल्क भुक्तानी नगरेका बीमालेखलाई सुचारु गर्न ५० प्रतिशत छुट प्राप्त गर्नेछन्।
नेपाल लाइफका बीमितहरूले १८० दिनभन्दा बढी समय व्यतित गरेका बीमालेखलाई मिति २०८१।११।१५ देखि २०८२।०२।१३ सम्म नविकरण बीमाशुल्क भुक्तानी गरेर सुचारु गर्न सक्नेछन्। यस अवस्थामा, बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले यो योजना बीमितहरूको हितका लागि एक विशेष अवसर रहेको बताएका छन्। उनले भने, “नेपाल लाइफको २५ वर्षको यात्रामा यो योजना एक महत्वपूर्ण कदम हो। बीमितहरूलाई समयमै बीमाशुल्क भुक्तानी गर्न र ५० प्रतिशत छुटको फाइदा उठाउन अनुरोध गर्दछौं।”