+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

त्रिभुवन विमानस्थलमा सुन तस्करीको नयाँ शैली, मलद्वारमा लुकाइएका ४ किलो सुनसहित ३ पक्राउ

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन १५ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले झन्डै चार किलो सुनसहित तीन विदेशी नागरिकलाई पक्राउ गरेको छ। उनीहरूले मलद्वारमा लुकाएर सुन नेपाल ल्याउने नयाँ शैली अपनाएको पाइएको छ।

बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तानका तीन महिलाले मलद्वारमा लुकाएर ३ किलो ७४५ ग्राम सुन तस्करी गर्न खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ पर्नेहरूमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ रहेका छन्।

विमानस्थलमा उनीहरूको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले भिडियो एक्सरे गरेको थियो, जसबाट शरीरभित्र सुन लुकाइएको पुष्टि भएको थियो। तीन महिलाको साथबाट सुन बरामद भए पनि पक्राउ परेका पुरुषसँग भने केही फेला परेको छैन।

हाल, पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विमानस्थल हुँदै सुन तस्करीका नयाँ तरिका प्रयोग हुन थालेपछि सुरक्षा निकायहरू अझै सतर्क बनेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ