काठमाडौ, फागुन १५ – सानिमा क्यापिटलले सञ्चालन गरेको ‘सानिमा फ्लेक्सि फन्ड’मा आवेदन दिने अन्तिम दिन आज बिहीबार हो। फागुन ६ गतेदेखि सुरू भएको यो योजनामा लगानीकर्ताहरूलाई ४ करोड इकाई बिक्रीको अवसर दिइएको थियो।
‘सानिमा फ्लेक्सि फन्ड’को आवेदन प्रक्रिया आज कार्यालय समयसम्म खुला रहनेछ। यस फन्डमा लगानी गर्न चाहनेहरूले कम्तिमा १०० इकाई र अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया बैंक र वित्तीय संस्थाहरू, साथै मेरो सेयरमार्फत पनि पूरा गर्न सकिन्छ।
यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरमा आवेदन दिन सकिने छ। सानिमा क्यापिटलले कुल योजनाको १४ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई सानिमा बैंकलाई सुरक्षित राखेको छ भने २० लाख इकाई सानिमा क्यापिटलको लागि सुरक्षित राखिएको छ। बाँकी २ करोड ५० लाख इकाई भने सर्वसाधारणका लागि खुला गरिएको छ।
क्यापिटलको योजना अनुसार दोस्रो चरणमा योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर इकाईको खरिदबिक्री हुनेछ। यो अवसरलाई उपयोग गर्दै लगानीकर्ताहरूलाई म्युचुअल फन्डको लाभ लिन सक्ने मौका प्रदान गरिएको छ।