+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

अमेरिकी डलर स्थिर, अन्य मुद्रामा सामान्य उतारचढाव: नेपाल राष्ट्र बैंक

जनवाच
१ महिना अगाडी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको विनिमय दरमा ठूलो परिवर्तन नआए पनि अन्य मुद्रामा सामान्य उतारचढाव देखिएको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ २४ पैसा र बिक्री दर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ १३ पैसा र बिक्री दर १४६ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ।

बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७६ रुपैयाँ ०६ पैसा र बिक्री दर १७६ रुपैयाँ ८१ पैसा रहेको छ भने स्विस फ्र्याङ्क एकको खरिद दर १५५ रुपैयाँ ४५ पैसा र बिक्री दर १५६ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।

अन्य प्रमुख मुद्राहरू

अष्ट्रेलियन डलर: खरिद दर ८७ रुपैयाँ ९४ पैसा, बिक्री दर ८८ रुपैयाँ ३२ पैसा

क्यानेडियन डलर: खरिद दर ९७ रुपैयाँ ११ पैसा, बिक्री दर ९७ रुपैयाँ ५३ पैसा

सिङ्गापुर डलर: खरिद दर १०४ रुपैयाँ ०५ पैसा, बिक्री दर १०४ रुपैयाँ ५० पैसा

जापानी येन (१० युनिट): खरिद दर ९ रुपैयाँ ३१ पैसा, बिक्री दर ९ रुपैयाँ ३५ पैसा

चिनियाँ युआन: खरिद दर १९ रुपैयाँ १८ पैसा, बिक्री दर १९ रुपैयाँ २७ पैसा

भारतीय रुपैयाँ (१०० युनिट): खरिद दर १६० रुपैयाँ, बिक्री दर १६० रुपैयाँ १५ पैसा

यसैगरी, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइनी दिनार, ओमानी रियाल लगायतका मुद्राको विनिमय दर पनि निर्धारण गरिएको छ।

राष्ट्र बैंकले यो विनिमय दर आवश्यकतानुसार जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूका विनिमय दरहरू केही फरक हुन सक्ने भएकाले अद्यावधिक दर बैंकको वेबसाइटमा उपलब्ध रहने जानकारी दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ