+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

नेपाल बार एसोसिएसन चुनाव: यदुनाथ खनालको ‘एकल दावेदारी’ प्रजातान्त्रिक पक्ष बलियो हुने संकेत

कानुन व्यवसायीहरूको क्षमता विकास र लोकतान्त्रिक मूल्य–मान्यताका पक्षमा सक्रिय वकालत गरेको इतिहासका कारण आफूलाई संस्थाको साथ–समर्थन रहने उनले विश्वास व्यक्त गरेका छन्।

जनवाच
१ महिना अगाडी

काठमाडौं: नेपाल बार एसोसिएसनको २७औं केन्द्रीय कार्यसमितिको निर्वाचन नजिकिँदै गर्दा प्रजातान्त्रिक कानुन व्यवसायीहरूको संस्था (डिएलए) भित्र वरिष्ठ अधिवक्ता यदुनाथ खनालको मात्र उम्मेदवारी देखिएको छ।

डिएलएका उम्मेदवारी टुंगो लगाउने प्रक्रियामा मंगलबारसम्म खनालको मात्रै दावेदारी परेको छ, जसले उनको जितको सम्भावनालाई थप बल पुगेको संकेत गर्छ। बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको भए पनि हालसम्म कुनै अन्य प्रतिस्पर्धी देखिएका छैनन्।

बार एसोसिएसनको चुनावमा यस पटक पनि प्रगतिशील र प्रजातान्त्रिक समूहबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। तर, प्रजातान्त्रिक समूहभित्रै खनाललाई प्रतिस्पर्धा दिने अन्य आकांक्षी खुलेर नआउँदा उनी सर्वसम्मत उम्मेदवार बन्ने सम्भावना बढेको छ।

खनाल यसअघि डिएलएको अध्यक्ष भइसकेका छन्। कानुन व्यवसायीहरूको क्षमता विकास र लोकतान्त्रिक मूल्य–मान्यताका पक्षमा सक्रिय वकालत गरेको इतिहासका कारण आफूलाई संस्थाको साथ–समर्थन रहने उनले विश्वास व्यक्त गरेका छन्।

खनाल विगतका बार निर्वाचनमा पनि अध्यक्षका लागि दावेदार थिए। तर, यस पटक संगठनभित्रैबाट आएको दबाबका कारण आफैं अग्रसर भएर उम्मेदवारी दिएको उनको भनाइ छ। डिएलएका निर्वाचन तयारी समितिका एक सदस्यका अनुसार अन्य आकांक्षी नआए खनाल नै आधिकारिक उम्मेदवार हुनेछन्, भने यदि अन्य दावेदार आए पनि अन्ततः सहमतिमै नाम तय गरिनेछ।

अब बिहीबार उम्मेदवारी दर्ताको प्रक्रिया सकिएपछि मात्रै प्रतिस्पर्धाको वास्तविक चित्र स्पष्ट हुनेछ। तर, हालसम्मको अवस्था हेर्दा प्रजातान्त्रिक पक्षमा खनालको पकड बलियो देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ