+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मौसम

आजको मौसम  बदलीका संकेत, हिमपातको सम्भावना

जनवाच
१ महिना अगाडी

काठमाडौं – हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भु-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

दिउँसो: सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना कायम रहनेछ।

सतर्कता:

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुहोला।

बिहानीपख तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले यातायातमा असर पर्न सक्छ।

सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ