काठमाडौं । आज ७५औं प्रजातन्त्र दिवस । सरकारले सार्वजनिक विदा दिएको छ । सार्वजनिक संस्थान, निजी क्षेत्र, स्कूल, कलेज, अफिस सबै बन्द छन् । आज बैंक तथा वित्तीय संस्थाहरुमा समेत विदा दिइएको छ ।
तथापि, नेपाल बैंकले भने विशेष अवस्थाका लागि भन्दै आफ्ना केहीँ सीमित शाखा कार्यालय आज पनि खुला राख्ने जनाएको छ ।
बैंकको सूचना अनुसार राजस्व संकलन, चेक क्लियरेन्स, क्यास डिपोजिट तथा ट्रान्सफर, आईपीएस र आरटीजीएस् जस्ता सुविधाका लागि आज ६ वटा प्रदेशका तोकिएका शाखा कार्यालय र काउन्टर विहान १० बजेदेखि बेलुका ४ बजेसम्म खुला रहने जानकारी दिएको छ ।
यस्तो छ सूचना
