+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आगामी तीन दिन यी नदीमा बढ्नेछ जलसतह

जनवाच
९ महिना अगाडी

काठमाण्डौ, साउन ४ गते ।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली नदीमा जल सतह बढ्न सक्ने जनाएको छ ।

ती नदीको जलाधार क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएकाले तटीय क्षेत्रमा बाढीको जोखिम औंल्याइएको हो ।

त्यस्तै यी नदीका प्रमुख सहायक नदीहरू साथै कन्काइ, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्दो हुने विभागले बताएको छ ।

शुक्रबार सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, पाल्पा रूपन्देही, कपिलवस्तु, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेकोले उच्च सावधानी अपनाउन विभागले भनेको छ ।

यसका अतिरिक्त ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धादिङ, मकवानपुर, प्यूठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, बझाङ, दार्चुला, कैलाली र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरुमा बहाव बढ्ने जोखिम छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ