+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

नेपालको सानदार सुरुवात: अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा किर्गिस्तानमाथि विजय

जनवाच
२ महिना अगाडी

काठमाडौं – नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ मा विजयी सुरुवात गरेको छ। प्रतियोगिताको पहिलो खेलमै नेपालले किर्गिस्तानलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालका लागि मिडफिल्डर विमला चौधरी नायक बनिन्। उनले पहिलो हाफको १०औं मिनेटमै गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो।

यो जितसँगै नेपाल चार राष्ट्र सम्मिलित प्रतियोगितामा तीन अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा लेबनानलाई ३–१ ले पराजित गरेको म्यानमार शीर्ष स्थानमा रहेको छ।

नेपालले अब आफ्नो अर्को खेलमा शीर्ष स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूले नेपाली समर्थकहरूलाई थप उत्साहित बनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ