+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाज

बालिकालाई  यौनधन्दामा लगाउने  ठमेल हिमालयन स्पाकी सञ्चालिका पक्राउ

आफूमाथि अत्यधिक ज्यादती हुन थालेपछि ती बालिकाले आफ्ना आफन्तमार्पत् मानव बेचबिखन ब्युरोमा उजुरी गराइन्।  

जनवाच
२ महिना अगाडी

काठमाडौं – काठमाडौंस्थित ठमेल रात्रिकालीन व्यवसायले परिचित ठाउँ हो। यहाँ होटल व्यवसायका साथै डान्स बार, एलओडीलगायतका रात्रिकालीन व्यवसाय सञ्चालन हुन्छन्।

पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने भनी प्रहरी-प्रशासनले ठमेललाई २४ सै घन्टा खुला छोडिदिएको छ। तर, यो क्षेत्रमा रात्रिकालीन व्यवसायसँगै अपराधजन्य क्रियाकलाप पनि उतिकै मौलाउदै गैरहेको छ ।

ठमेलको अर्को विशेषता ‘स्पा’ अर्थात् ‘मसाज’ पनि हो। होटल तथा रेस्टुरेन्टमा मदिरा पिएर लर्खरिएका व्यक्तिहरू ‘मसाज’को आनन्द लिन लालायित हुन्छन्।

त्यस्ता ग्राहकहरूलाई ‘मसाज’को आनन्द दिने बहानामा ठमेलमा खुलेका ‘स्पा’हरूको कस्टमर हुने गर्छन । उनीहरूले ‘दलाल’ खटाएरै मदिराले मदहोस् भएका व्यक्तिहरूलाई ‘स्पा’ र ‘मसाज सेन्टर’सम्म ल्याउनेकाम  गर्छन्।

तर, तिनै ‘स्पा’ र ‘मसाज सेन्टर’मा गैरकानुनी तरिकाले क्रियाकलाप हुने गरेका खबर बारम्बार आइरहने गर्छ  ।

यसक्रममा प्रहरीले ठमेलको एउटा ‘स्पा’मा छापा मार्दा नाबालिकालाई यौनधन्दामा संलग्न गराइएको पाइएको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ब्युरोका अनुसार ठमेलको एउटा ‘स्पा’मा छापा मार्दा नाबालिकालाई यौनधन्दामा संलग्न गराइएको पाइएको छ।

काठमाडौं-२६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाबाट एक नाबालिकालाई प्रहरीले शुक्रबार उद्धार गरेको छ।

‘पार्लरको काम दिलाउने भनी आर्थिक प्रलोभनमा पारी स्पा सञ्चालिकाले बालिकालाई मसाज गर्न आउने ग्राहकसँग जबरजस्ती यौनधन्दामा लगाएको पाइयो ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले भने, ‘यस्तो क्रियाकलाप गरेको थाहा पाएपछि हामीले सञ्चालिकालाई पक्राउ गरी बालिकालाई उद्धार गरेका छौ ।

कुँवरका अनुसार उक्त स्पाकी सञ्चालिका काभ्रे जिल्ला चौरी देउराली गाउँपालिका-५ की ४१ वर्षीया रमिला गौतम हुन्। गौतमले गरिब, विपन्न तथा शिक्षाको कमी रहेका बालिकालाई पैसाको प्रलोभन देखाउदै कामदिने भन्दै आफ्नो स्पामा ल्याउनि गरेको पाइएको छ ।

स्पामा ल्याएपछि उनले ग्राहकहरूसँग यौनधन्दामा संलग्न गराइन्। आफूमाथि अत्यधिक ज्यादती हुन थालेपछि ती बालिकाले आफ्ना आफन्तमार्पत् मानव बेचबिखन ब्युरोमा उजुरी गराइन्।

त्यसपछि गौतमलाई पक्राउ गरिएको एसपी कुँवरले बताए। गौतमलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

‘अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ,’ कुँवरले भने।

रात्रिकालीन व्यवसाय, होटल, रेस्टुरेन्ट तथा स्पाहरूमा गैरकानुनी कार्य हुने गरेकाले पीडितलाई प्रहरीमा उजुरी दिन आह्वान गरिएको कुँवरले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ