+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

पूर्व प्रिमियर लिग फुटबलरलाई गोप्य सेक्स भिडियो बनाएको आरोपमा जेल सजायँ

जनवाच
२ महिना अगाडी

काठमाडौँ । दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फुटबलर ह्वाङ उइ–जोले एक महिलासँग उनको सहमति बिना यौन सबन्धको फिल्म बनाएको आरोपमा  जेल सजाय तोकिएको छ ।

योनहाप समाचार एजेन्सीका अनुसार ३२ वर्षीय पूर्व प्रिमियर लिग फरवार्ड, जसले अक्टोबरमा दोषी स्वीकार गरेका थिए, जस अनुसार शुक्रबार दुई वर्षको लागि निलम्बित र एक वर्षको जेल सजाय सुनाइएको छ।

 

योनहापका अनुसार न्यायाधीश ली योङ जेले भनेका छन् , ‘गैरकानूनी फिल्मिङ अपराधबाट हुने सामाजिक क्षतिको गम्भीरतालाई ध्यानमा राख्दै कडा सजायँ दिन आवश्यक छ ।’ न्यायाधीशले  भने, ‘ह्वाङले पीडितको इच्छाविपरीत आफ्नो मोबाइल फोन प्रयोग गरी चार पटक यौन सम्पर्कको दृश्य खिचेका थिए ।’

पत्रकारहरूले मुद्दा पछि पीडितलाई भन्नु पर्ने केही छ कि भनेर सोध्दा ह्वाङले आफूबाट गल्ति भएको  बतायेका छन्  । ‘म व्यक्तिगत रूपमा फुटबल प्रशंसकहरूसँग माफी चाहन्छु र साँच्चै धेरै दुःखी महसुसगरेको र्छु,’ ह्वाङले भने । जो खेलाडी टर्किएमा स्थानतरण हुनु नटिङ्घम फरेस्टका लागि आरक्षित रहेका थिए।

 

उता, ह्वाङकी भाउजुले जुन २०२३ मा ब्ल्याकमेल गर्ने प्रयासमा ह्वाङको निजी भिडियोहरू पोस्ट गरेपछि यो घोटाला बाहिर आएको थियो । उनी भने अहिले ब्ल्याकमेल गरेको अभियोगमा ३ वर्ष जेलमा रहेकी छिन् । अभियोजकहरूले अक्टोबरमा मुद्दाको अन्तिम बहस गर्दा ह्वाङलाई ४ वर्षको जेल सजाय माग गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ