+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपि पावरको नाफामा आकर्षक छलाङ, १४ हजार प्रतिशतले नाफा बढ्यो

जनवाच
२ महिना अगाडी

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको नाफामा तीब्र छलाङ देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनीले जम्मा २१ लाख ४३ हजार नाफा कमाएको थियो । तर, यो वर्ष कम्पनीको नाफा एकैपटक बढेर ३१ करोड १६ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
यो अघिल्लो वर्षको तुलनामा १४ हजार ४४१ प्रतिशत बढी नाफा हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३८.३७ प्रतिशत बढेर ८५ करोड ८० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । गत आवमा कम्पनीले ६२ करोड ६६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको कुल नाफा ७१ करोड छ, जुन गत आवको सोही अवधिमा ५३ करोड १८ लाख रुपैयाँ थियो । ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा भने ५५ करोड ७६ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी २.७५ रुपैयाँबाट बढेर १०.२६ रुपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा छ र प्रतिशेयर नेटवर्थ १०९.१८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ