काठमाडौं । सरकारले आगामी बिहीबार (पुस २४ गते) १० अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने भएको छ । विकास ऋणपत्रमार्फत सरकारले ६ वर्षका लागि उक्त ऋण उठाउने भएको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा नै साढे २ अर्ब बढी ऋण उठाएसकेको सरकारले विसकास ऋणपत्र मार्फत थप १० अर्ब रुपियाँ उठाउन लागेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मंगलबार एक सूचना जारी गर्दै बिहीबार १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्न लागिएको जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, संगठित संस्था र नागरिकले बुधबार दिउँसो २ बजेसम्म ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्रको बोलकबोल भने बुधबार दिउँसो १ बजेदेखि ३ बजेसम्ममा हुँने कार्यालयले जनाएको छ ।