काठमाडौं । एमएडब्ल्यू वृद्धिले चितवनमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ । चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिका अध्यक्ष सुमन श्रेष्ठ, युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्य, एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त र एमएडब्ल्यू वृद्धि मोटर्सका बिक्री प्रमुख राजेन्द्र सिग्देल, रतनानगर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शंखर गिरी, काडाका अध्यक्ष राजन पिया र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री चितवनका अध्यक्ष गोपाल भट्टराईले संयुक्त रूपमा नामी ईभी सार्वजनिक गरेका हुन् ।
आफ्नो सेगमेन्टमा सबैभन्दा विलासी र इन्टेलिजेन्ट कार नामी ईभी चितवन बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार छ । ह्याचब्याकको रूपमा वर्गीकृत भए पनि यसको आकार प्रतिस्पर्धीहरूको तुलनामा ठूलो रहेको छ । यसको आयाम र चौडाइ यसका प्रतिस्पर्धीहरू भन्दा बढी छ र यसमा धेरै सेगमेन्ट–फर्स्ट र सेगमेन्ट–उत्कृष्ट प्रविधिहरू उपलब्ध छन् ।
कार्यक्रममा एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्तले नामी ईभीले देशभरका ग्राहकहरूबाट व्यापक स्वीकारोक्ति र प्रशंसा पाइरहेको बताउँदै खुशी व्यक्त गरे । साथै, उनले खरिद निर्णय गर्नु अघि ब्रान्डको विरासत र नेपालमा वितरकको विश्वसनीयता बुझ्नु पर्नेमा जोड दिए । चेम्बर अफ कमर्स चितवनका अध्यक्ष सुमन श्रेष्ठले यो भरपर्दो ब्रान्डको शुभारम्भका लागि बधाई र शुभकामना व्यक्त गरे ।