काठमाडौं । नेको इन्स्योरेन्सले आगामी फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले २५ प्रतिशत अर्थात ४ कित्ता बराबर १ कित्ताको अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्नेछ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार हकप्रद शेयर निष्काशनका लागि माघ १८ गते बुक क्लोज भइसकेको छ ।
कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।