काठमाडौं । गएको वैशाख ५ गते झापा, बिर्तामोडमा तामझामका साथ विवाह गरेका थिए, एक बर्ष नपुग्दै एलिना चौहान र विष्णु सापकोटाले डीबोर्ष गर्नलागेका छन्।
उनीहरूबीच खटपट भएको गाइँगुँइ खबर चलिरहेकै बेला गायिका ज्योति मगरले फेसबुकमा यस्तो स्टाटस राखिन्, आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो । यात्रामा उनले पीडाहरू खोलिन् र बरर्र आँशु झारिन् ।
पब्लिक फिगरको त यस्तो दुर्दशा छ आम महिलाको हालत के होला …?’
धेरैले यो स्टाटस एलिना चौहानलक्षित भएको अनुमान गरे ।
धेरै समय नबित्दै एलिनाले डिभोर्स गर्न लागेको खबर सतहमा आयो ।श्रोतका अनुसार यी कुराले मलाई एकदम टर्चर महसुस भइरहेको छ । एयरपोर्ट जाँदा होस् वा सार्वजनिक ठाउँमा पनि मलाई यस्तै प्रश्न सोधिन्छन् । पब्लिक फिगर भएपछि यी कुरा झेल्नुपर्ने रहेछ ।’
यसबारे आफूले ‘केही नबोल्ने’ बताएकी थिइन् ।
तर अहिले एलिनाले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेकी हुन् ।
उनले फिराद पत्रमा सम्बन्ध विच्छेद गर्नुपर्ने कारण खुलाएकी छिन् ।.
पति विष्णुले धेरै शंका गरेकै कारण सम्बन्धमा समस्या देखिएको फिराद पत्रमा उल्लेख गरेकी छिन् ।
कार्यक्रममा बाहिर लामो समय बस्नुपर्ने अवस्थामा अनेक शंका–उपशंका गर्ने, कार्यक्रमको बीचमा फोन गरेर घर बोलाउनेजस्ता कारण आफूहरूबीच मनमुटाव भएको उनले उल्लेख गरेकी छिन् ।
म कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेर्दै अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने’भनी सम्बन्ध विच्छेदका लागि फिराद पत्र दर्ता गरेकी हुन्।
उनले सम्बन्ध विच्छेद गरी स्वतन्त्र भई आ–आफ्नो जीवन विताउन ‘श्रेयष्कर’ हुने उल्लेख गरेकी छिन्।
सम्बन्ध विच्छेद गर्दा उनले पतिसँग अंश र माना–चामल नलिने फिराद पत्रमा उल्लेख गरेकी छिन् ।‘निज विपक्षीबाट अंश तथा माना–चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु’उनले लेखेकी छिन् ।