काठमाडौँ । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५ र ग्यालेक्सी एस २५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घोषणा गरेको छ। १७ माघ, २०८१ मा सोल्टी काठमाडौँमा आयोजना गरिएको एक प्रेस सम्मेलनमा सामसङले आफ्नो अहिले सम्म कै सबभन्दा न्याचुरल र सन्दर्भ–सचेत मोबाइल अनुभवहरू दिने एक त्रु एआई कम्प्यानीयन भएको यी स्मार्टफोनहरू लन्च गरेको हो।
समारोहमा सामसङ नेपालका निर्देशक, प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१६, अश्मी श्रेष्ठले ग्यालेक्सी एस २५ सिरिजको अनावरण गरेका थिए।
“सामसङले गत वर्ष ग्यालेक्सी एआईको साथ मोबाइल एआई युगको शुरुवात गरेको थियो। अब हामी ग्यालेक्सी एस २५ सिरिजको साथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेका छ। र यो त्रु एआई कम्प्यानियनले स्मार्टफोन र संसारसँगको अन्तरक्रिया गर्ने तरिकामा परिवर्तन गर्नेछ। ग्यालेक्सी एस २५ सिरिजले सबैभन्दा बढी सन्दर्भ–समझदारीका साथ व्यक्तिगत एआई अनुभव प्रदान र व्यक्तिगत गोपनीयता सुनिश्चित गर्दै कार्यकारी सल्लाह र सुझावहरू दिनेछ। सामसङ नेपालको निर्देशक श्री प्रणय रत्न श्रेष्ठले भने ।
ग्यालेक्सी एस २५ सिरिज सामसङको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम हो जसले एआई एजेन्ट र मल्टिमोडल क्षमताहरूलाई प्रयोगकर्ताको अन्तरक्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ । यस सिरिजमा विशेष रूपमा कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलीट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईको लागि उच्चतम प्रोसेसिंग पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्दछ।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक पटकको १ वर्षको ब्रेकेज इन्स्योरेन्स उपलब्ध गराएको छ। यसै गरी, ग्यालेक्सी एस२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकहरूले सबकोफोन र आर्कोस्टोर मार्फत आफ्नो पुरानो फोन एक्सचेन्ज गर्न सक्नेछन्।
देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालन गरिएको सामसङ इनस्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले रु ५२५० महिनादेखि सुरु हुने ०% ब्याजदरमा सरल ईएमआईमा नयाँ फोन प्राप्त गर्न सक्नेछन्। यो प्रक्रिया झन्झटरहित छ र यो सेवा प्राप्त गर्नको लागि प्रमाणपत्रको रूपमा ग्राहकको नागरिकताको मात्र आवश्यकता पर्नेछ।
Variant |
Galaxy S25 Ultra -12/256GB |
Galaxy S25 Plus- 12/256GB |
Galaxy S25-
12/256GB, 12/128GB |
Gift |
Free Memory Upgrade to 512GB Or
Buds3Pro at NPR 14,999 |
Buds3Pro at NPR 14,999 |
Buds3Pro at NPR 14,999 |
Silicone Case at NPR 1,500 |
Silicone Case at NPR 1,500 |
Silicone Case at NPR 1,500 |
Price and Availability:
Device |
RAM/Storage |
Color |
Price |
Galaxy S25 Ultra |
12 GB /512 GB |
Titanium Silverblue, Titanium Whitesilver, Titanium Black |
NPR 199,999 |
12 GB /256 GB |
NPR 184,999 |
Galaxy S25 Plus |
12 GB /256 GB |
Navy, Silver Shadow |
NPR 141,999 |
Galaxy S25 |
12 GB /256 GB |
Icy blue, Silver Shadow |
NPR 114,999 |
12 GB/128 GB |
NPR 104,999 |