काठमाडौं । ईलेक्ट्रिक स्कुटरका लागि विश्व लोकप्रिय ब्राण्ड याडियाले नेपाली बजारमा नयाँ मोडल याडिया ईपोच सार्वजनिक गरेको छ । जम्मा २ लाख ३५ हजार रुपियाँमानै अधिकतम १५० किलोमिटरको रेन्ज दिने हाई पावरफूल स्कुटरलाई कम्पनीले बिहीबार सार्वजनिक गरेको हो ।
याडिया ईपोचमा ३ हजार वाट टीटीफार मोटरको साथमा ७२ भोल्ट/३८ एचको गे्रफिन ब्याट्रीको प्रयोग गरिएको छ । थड जेनेरेशन अर्थात् तेस्रो पुस्ताको नयाँ टेक्नोलोजिमा आधारित ब्याट्रीले कम मूल्यमा अधिकतम रेन्ज दिने कम्पनीले जनाएको छ । जस अनुसार ग्रेफिन ब्याट्री प्रयोग गरिएको याडिया ईपोचले एकपटकको फूल चार्जमा १५० किलोमिटरसम्मको रेन्ज दिने याडियाका लागि नेपालको आधिकारिक बिक्रेता कुजु नेपाल प्रा.लि.का म्यानेजिङ डिरेक्टर उमिद श्रेष्ठले जानकारी दिए ।
प्रतिघण्टा ६० किलोमिटरको गतिमा गुडाउन सकिने ईपोचले १५० एनटर्क उत्सर्जन गर्ने क्षमता राख्दछ । जसले सहरी र उकालो यात्रामा पनि सहज र पिकपावर क्षमता राख्दछ । ईपोचलाई १२ डिग्रीको उकालोमा ३० मिनेटसम्म लगातार चलाउन सकिने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
आधुनिक सहरी यात्रुको आवश्यकता पूरा गर्न डिजाइन गरिएको स्कुटरले उत्कृष्ट प्रदर्शन, उच्च प्रविधि र आरामदायी अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । स्कुटरमा ३८० मिमी पेडल स्पेस उपलब्ध छ भने ६३० एमएमको फराकिलो सिट, ३० लिटर स्टोरेज बक्स (डिक्की) उपलब्ध छ ।
याडिया ईपोचमा एप अनलक, उन्नत सुरक्षा र सहज कनेक्टिभिटी प्रविधि जडान गरिएको छ । आकर्षक ग्रिल–आकारका हेडलाइट र कार–ग्रे स्टोभिङ फिनिशले स्कुटरलाई थप प्रिमियम बनाएको छ ।
ईस्कुटरको अगाडि र पछाडीको डिस्क ब्रेकहरुले भरपर्दो ब्रेकिङ शक्ति प्रदान गर्दछ । मोटरसाइकल–स्तरको शोक अवशोषणले स्कुटरलाई असमान अफ रोड सडकमा पनि स्थिर र सहज यात्रा सुनिश्चित गर्ने कम्पनीले दाबी गरेको छ । स्कुटरमा १७० मिमी ग्राउण्ड क्लियरेन्स प्रदान गरिएको छ ।
हाल नेपाली बजारमा याडियाका देशभर १५ वटा डिलरशिप तथा बिक्री केन्द्रहरुमार्फत स्कुटरको बिक्री वितरण भइरहेको छ । कम्पनीको उत्कृष्ट र नयाँ मोडलहरु आइरहेकोमा अब सन् २०२५ को अन्त्यसम्ममा कम्पनीले थप १० स्थानमा नयाँ डिरशिप सञ्चालन गर्ने योजना बनाएको छ ।