+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अब गरिमा विकास बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत सुरक्षित अनलाइन भुक्तानी गर्न सकिने

जनवाच
२ महिना अगाडी

काठमाडौं । विकास बैंकहरुमध्येको उत्कृष्ट बैंक गरिमा विकास बैंकले डेबिट तथा क्रेडिट कार्डमार्फत नै सुरक्षित अनलाइन भुक्तानीको सुविधा ल्याएको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को सहकार्यमा हालैमात्र विकास बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत सीधै रकम भुक्तानी गरी विभिन्न अनलाइन प्लाटफर्महरूमार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने इ–कमर्स सेवाको सुरुवात गरेको हो ।

सेवाग्राहीलाई सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ नयाँ सेवाको सुरुवात गरेको हो ।

उक्त सेवा सञ्चालन गर्न चाहने विकास बैंकका डेबिट तथा क्रेडिट कार्डहोल्डर ग्राहकहरूले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा इ–कमर्स सुविधा सञ्चालन गर्न सक्नेछन् । जसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाइन भुक्तानीको अनुभव गर्न सकिनेछ ।

अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरूको यस विकास बैंकमा रजिस्टर गरिएको मोबाइल नम्बरमा ओटिपी जाने व्यवस्था मिलाइएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास रहेको बैंकले जनाएको छ ।

हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, एक एक्स्टेन्सन काउन्टर र ५१ एटिएम साथै नवीनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ