काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । आज मंगलबार नेप्सेले १०२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य रहेको भन्दै नाम सार्वजनीक गरेको हो।
यस अघि नेप्सेले सार्वजनिक गरेको यो सूचीमा ११२ वटा कम्पनी रहेका थिए । मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुलाई मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा राखिएको नेप्सेले जनाएको छ ।