+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अल्पकालीन ऋणपत्र

२९ अर्ब रुपैयाँ बढीको ट्रेजरी जारी गर्दै सरकार

जनवाच
२ महिना अगाडी

काठमाडौं । सरकारले २९ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल जारी गर्ने भएको छ । आन्तरिक ऋणको अल्पकालीन ऋणपत्रको रुपमा सरकारले ट्रेजरी बिल्समार्फत २९ अर्ब १० करोड रुपैयाँ ऋण उठाउने भएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार एक सार्वजनिक सूचना गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई ट्रेजरी बिल्स खरिदका लागि आह्वान गरेको छ ।

ऋण व्यवस्थापन कार्याका अनुसार २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिममा ट्रेजरी जारी गर्न लागिएको हो । जसमध्ये ३६४ दिने अर्थात् एक वर्षे ट्रेजरीमा ५ अर्ब रुपियाँ र ६ अर्ब पुरानो गरी ११ अर्ब रुपियाँ उठाउँन लागिएको हो भने बाँकी १८ अर्ब १० करोड रुपियाँ पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले माघ १४ गते सोमबार दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरीको बिक्री भने माघ १५ गते हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ