+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिजी ग्रुप छाडेर प्रतिस्पिर्धी यशोदा फुड्समा अनुबन्धन भए जीपी शाह

जनवाच
२ महिना अगाडी

काठमाडौं। यशोदा फुड्स प्रालिको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त भएका छन् । चौधरी समूह (सिजी ग्रुप) को सीजी फुड्समा लामो समय काम गरेका शाहलाई अर्को प्रतिस्पर्धी कम्पनीले यशोदा फुड्सले भित्र्याएको हो ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पनीले शाहलाई ग्लोबल कार्यकारी निर्देशकमा अनुबन्धन गरेको घोषणा गरेको छ । नेपालको खाद्य बजारकै अग्रणी तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी भएको दाबी गरिएको यशोदा फुड्स प्रालिले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको घोषणा गरेको हो ।

चौधरी ग्रुपमा झण्डै तीन दशक काम गर्दा वाईवाईलाई विश्वबजारमा पुर्याउन सफल भएका जीपी शाहले अब करेन्ट चाउचाउको अन्तर्राष्ट्रिय बजार बढाउने जिम्मा लिएका छन् ।

यशोदा फूड्सले अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एक सय करोड भन्दा माथि भएको भारत, क्यानाडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापूर, न्यूजिल्यान्ड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको जानकारी दिएको छ ।

ग्लोबल कार्यकारी निर्देशकको पदमा शाहको नियुक्तिसँगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ । शाहको आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा कम्पनीको विश्वास रहेको छ ।

ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा उनले नवीनतम योजनाहरूको नेतृत्व गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा कम्पनीको रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ