काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर हाल लघुवित्तकै कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यद्यपि बैंकले बिक्रीमा राखिएको शेयर संख्या र शेयर मूल्य भने खुलाएको छैन ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा निवेदन दिनुपर्नेछ । साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।