+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईटी/प्रविधि

एआईका लागि ५ खर्ब डलर खर्चिने डोनाल्ट ट्रम्पको घोषणा

जनवाच
२ महिना अगाडी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्लेट ट्रम्पले एक नयाँ कम्पनी मार्फत कृत्रिम बौद्धिकता (एआई) पूर्वाधारमा ५ खर्ब डलर लगानी गर्ने घोषणा गरेका छन् । ओर्याकल, सफ्टबैंक र ओपन एआईसले मिलेर सो लगानी गर्न लागेका छन् ।

आईटी क्षेत्रमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो परियोजना हुने विश्वास गरिएको छ । ‘स्टारगेट’ नामक यो उद्यम अमेरिकी डाटा सेन्टरहरूमा प्रविधि कम्पनीहरूले महत्वपूर्ण लगानी हुनेछ । तीनओटै कम्पनीहरूले यसका लागि आर्थिक सहयोग गर्ने योजना बनाएका छन् ।

यसमा अन्य लगानीकर्ताहरूले पनि लगानी गर्न सक्नेछन् । परियोजना टेक्सासमा बनिरहेका १० वटा डेटा सेन्टरहरूबाट सुरु हुने बताइएको छ । ट्रम्पले मंगलबार ह्वाइट हाउसमा ओर्याकलका प्रमुख प्राविधिक अधिकृत ल्यारी एलिसन, सफ्टबैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मासायोशी सन र ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँगै पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन् ।

यस कम्पनीले १ लाख भन्दा बढीलाई रोजगारी दिने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ