+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकको कारबाही

राष्ट्र बैंकले गर्यो विभिन्न बैंक तथा वित्तीय संस्थालाई कारबाही

जनवाच
२ महिना अगाडी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई कारवाही गरेको छ ।

वित्तीय संस्था सुपरीवेक्षण विभागले चालु आवको दोस्रो त्रैमासमा गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्सलाई कारवाही गरेको छ ।
त्यस्तै लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओहरुलाई पनि कारवाही गरेको छ ।
यता समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडवील फाइनान्सका सीईओलाई पनि कारवाही गरेको राष्ट्र बैंकले आज सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।
राष्ट्र बैंकको नीति निर्देशन उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले कारवाही गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ