+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिमेन्ट उत्पादक र निर्माण व्यवसायीहरुबीच व्यवसायिक साझेदारीको सहमति

जनवाच
३ महिना अगाडी

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी र निर्माण व्यवसायीबीच व्यवसायीक सहजीकरणको सहमति भएको छ । केही समय यता निर्माण सामग्री ‘सिमेन्ट’को मनलाग्दी मूल्य वृद्धि गरेको भन्दै निर्माण व्यवसायीहरुले विरोध गर्दै आएका थिए ।

तर, आइतबारका दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितीमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरु र नेपाल निर्माण व्यवसायी महासंघ सहितका विभिन्न ४ वटा निर्माण व्यवसायसंग सम्बन्धित व्यावसायीका प्रतिनिधिहरुका बीचमा सहमति भएको हो ।

दुई पक्षबीचको सहमतिमा सिमेन्ट उद्योगहरुले उत्पादन गरी माग बमोजिम सिमेन्टको उत्पादन र सहज आपूर्तिमा ध्यान दिने र निर्माण व्यवसायीहरुले व्यवसायिक साझेदारी र सहकार्यमा साथ दिने सहमति भएको छ ।

यता उद्योगहरुमा भई रहेको विद्युत आपूर्तिको कटौती र लोडसेडिंगलाई अन्त्य गरी निर्वाध रुपमा उद्योग संचालन गर्ने वातावरण मिलाउने सम्बन्धमा उद्योग मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने मन्त्री भण्डारीले प्रतिपद्धता जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ