काठमाडौं । एपी इन्फ्रा लिमिटेडले काठमाडौं उपत्यकाभित्रै व्यवस्थित र आधुनिक बस्तीसँगै मानव जीवनशैलीलाई अझ परिस्कृत गर्ने उद्देश्यसहित उत्कृष्ट अपार्टमेन्टको सुविधा ल्याएको छ । कम्पनीले ललितपुरको झम्सिखेलमा अत्याधुनिक अपार्टमेन्टसहितको रियल स्टेट परियोजना अघि सारेको हो ।
एपी पावर कम्पनी लिमिटेडको भगिनी कम्पनीको रूपमा एपी इन्फ्रा लिमिटेडले गुणस्तर, दिगोपन, र नवीनता विशेषतालाई मिसाएर शहरी जीवनस्तरलाई अझ उत्कृष्ट र सानदार बनाउने उद्देश्यसहित अपार्टमेन्ट सेवा ल्याएको हो ।
काठमाडौं उपत्यकाको मुटुमा शहरी जीवनलाई अझ नयाँ र परिस्कृत बनाउँदै व्यवस्थिति, आरामदायी र प्रतिष्ठित जीवन शैलीका लागि कम्पनीले आकर्षक अपार्टमेन्ट धमाधम बुक गरिरहेको छ । मनोरम पर्यावरण, सुव्यवस्थित र शान्त ललितपुरको आकर्षक लोकेसनमा अपार्टमेन्टले जो कोहीँको मन लोभ्याउछ ।
एपी इन्फ्रानै किन ?
कम्पनीले नविन डिजाइन, आधुनिक र व्यवहारिक जीवनशैलीलाई ध्यानमा राख्दै उत्कृष्ट र अत्यावश्यक विकल्पहरुलाई समेटेर अपार्टमेन्टको डिजाइन गरेको छ। गुणस्तरियता र उच्च सुरक्षाको प्रत्याभूति अपार्टमेन्टको पहिलो शर्त हो । साथै पर्याप्त स्पेश, शान्त र रमणीय वातावरण, समुदायमा आधारित जीवनशैली अपार्टमेन्टका खास विशेषहरु हुन् ।

अन्य सुविधाहरु
अपार्टमेन्ट भित्र खुला सामुहिक मिटिङ हल, फिटनेस सेन्टरका साथसाथै अन्य अतिरिक्त गतिविधिहरुका लागि पर्यात स्पेश उपलब्ध छन् । २४सै घण्टा अपार्टमेन्टको सुरक्षाका साथसाथै सिसिटिभीको प्रत्यक्ष निगरानी रहनेछ ।
अपार्टमेन्ट भित्र पानीको दिगो आपूर्तिका लागि वाटर ट्रीटमेन्ट प्लान्टको राम्रो व्यवस्था रहेको छ भने व्यवस्थित ढल व्यवस्थापन प्रणाली, आकर्ष र पर्याप्त सवारी पार्किङको स्पेशसहित इलेक्ट्रिक गाडीका लागि चार्जिङ स्टेशनको सुविधा समेत अपार्टमेन्टमा उपलब्ध गराएको छ ।
२४सै घण्टा विद्युत आपूर्तिको व्यवस्था रहँदारहँदै पनि अतिरिक्त ब्याकअप पावरको व्यवस्था समेत अपार्टमेन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
अपार्टमेन्टमा ध्वनीरहित वातावरणका लागि चारैतर्फ क्याभिटी वालका साथमा लेमिनेटेड फ्लोरिङ सेनेटरी वेयर, आधुनिक स्टेनलेस स्टिल एसेसरिज, किचन कन्सेप्टद्वारा निर्मित मोडुलर किचन, ऊर्जा बचतका लागि मोसन सेन्सरहरूका साथमा स्मार्ट स्विचहरूको प्रयोग अपार्टमेन्टमा गरिएको छ ।
व्यापार, शैक्षिक संस्था, अस्पताल, सपिङ मल, रेस्टुरेन्ट र बैंकहरूसम्म १० मिनेटको पैदल दुरीमा रहेको आकर्षक र सुविधासम्पन्न यो अपार्टमेन्ट उत्कृष्ट बासस्थानको निर्विकल्प जस्तै हो ।
अपार्टमेन्ट बासीहरुका लागि दीर्घकालीन सन्तुष्टिका लागि कम्पनीले सम्पूर्ण लगानी र मिहिनेत खर्च गरेको एपी इन्फ्रा लिमिटेडले जनाएको छ । ‘हामी प्रत्येक व्यक्तिको जीवनस्तर सुधार गर्ने लक्ष्य राख्छौं भने हाम्रो ग्राहकलाई दिगो प्रतिफल प्रदान गर्छौं’ कम्पनीका प्रवक्ताले भने ।

