काठमाडौं । नेपाल आयाल निगमले धनगढी स्थिति इन्धन डिपो स्थान्तरण (ठाउँ सार्ने) भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आयल निगम सञ्चालक समिति समेतको निर्णय एवंम् निर्देशन अनुसार सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी डिपोको स्थानान्तरण, भण्डारण क्षमता अभिवृद्धि एवं नयाँ स्मार्ट डिपो निर्माण गर्न लागिएको निमगले जनाएको हो ।
आयल निगमको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई इन्धन डिपो, सिनामंगलले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त डिपोको क्षमता वृद्धिसँगै स्थानान्तरण गर्न लागिएको जानकारी दिएको हो ।
सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाको पायक पर्ने स्थान अतरिया चोकबाट नजिकको स्थानमा जग्गा प्राप्तीका लागि निर्देशन भए बमोजिम साबिक श्रीपुर गाविस वडा नम्बर ७, हाल कैलाली जिल्ला गोदावरी नगरपालिका ८ मा पर्ने अतरिया चोकबाट पूर्वतर्फ करिब ५ किलोमिटरको दूरीमा रहेको पूर्व पश्चिम राजमार्गलाई छुने २० बिघा १६ कट्ठा ८ धुर जग्गा डिपो स्थान्तरणकालागि उपयुक्त देखिएको निगमले जनाएको छ ।
उपरोक्त जग्गा प्राप्ति ऐन २०३४ अनुसार प्राप्तिको प्रक्रिया अगाडि बढाउन सिफारिस समेत गरिसकिएको जनाउँदै निगमले २०८१ चैत भित्र उक्त जग्गा प्राप्त गरिसकिने जनाएको छ ।
नेपाल आयल निगम लिमिटेडले वि सं २०३७ सालमा तत्कालीन पेट्रोलियम पदार्थको माग (दैनिक अधिकतम ४ गाडी) लाई दृष्टिगत गरी निर्माण गरिएको धनगढी डिपोको भण्डारण क्षमता हालको बजार मागलाई अपुग हुनुको साथै डिपोको भौतिक पूर्वाधार निकै जीर्ण अवस्थामा पुगिसकेकाले पुननिर्माण तथा स्थानान्तरण गर्नु परेको परियोजना प्रमुख ईन्जिनियर प्रदिपकुमार यादवले बताए ।
एक विघा ८ कठ्ठामा संचालित धनगढी डिपोको क्षेत्रफल अपर्याप्त हुनुका साथै सुरक्षाको मापदण्डभन्दा बाहिर परेको हुनाले स्थान्तरण अनिवार्य भएको उनले पत्रकारसम्मेलनमार्फत जानकारी दिए ।
यसै सन्दर्भमा निगमको आर्थिक वर्ष २०८१–८२ को बजेटमा संचालक समितिद्वारा ‘सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने नीति अनुरुप कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइनेछ’ भन्ने बुँदा एवं निगमको मिति २०८१ कार्तिक २३ गतेको
चलान नम्बर १८१४ अनुसार ई। प्रदिप कुमार यादवलाई समन्वय अधिकारी तोकी कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नम्बर ३ र ६ मा अवस्थित श्री राष्ट्रिय आवास कम्पनी लिमिटेडको नाममा रहेको ७४ बिघा जग्गामध्ये करिब २२ बिघा जग्गा निगमको डिपोनिर्माण तथा आवास प्रयोजनको लागि
प्राप्त गर्न आदेश भएअनुसार उक्त जग्गा प्राप्तिको नजिक पुगेको समेत निगमले जनाएको छ ।
तर, उक्त जग्गामा डिपो निर्माणका सम्बन्धमा स्थानीय सर्वसाधारणबाट विरोध आएको कारण देखाउँदै पुनर्वास नगरपालिकाले जग्गा प्राप्तिको सिफारिस दिन इन्कार गरेको हुनाले डिपो स्थान्तरणकालागि अर्को स्थान खोज्नु परेकाले निगमको भनाइ छ ।
स्थानान्तरण हुँने धनगढी इन्धन डिपो २०८२ वैशाख पहिलो हप्ता भित्र शिलान्याश भई २०८४ वैशाखसम्ममा सञ्चालनमा आइसक्न निगमले जनाएको छ । आधुनिक प्रविधि र गुणस्तरीय बन्ने डिपोको कुल भण्डारण क्षमता ११ हजार ९ सय किलोलिटर हुनेछ । डिपिआर डिपो निर्माण एवं जग्गा अधिग्रहणको कूल लागत तीन अर्ब रुपियाँ रहने अनुमान गरिएको छ ।