काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेको उक्त बोनस दर अनुसार अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखका बीमितहरुले न्यूनतम ४४ रुपियाँदेखि अधिकतम ५५ रुपियाँसम्म प्रतिहजारका दरले प्राप्त गर्न सक्छन् ।
त्यस्तै, कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम २५ देखि अधिकतम २८ रुपियाँ तोकेको छ । सो बीमाको अवधि ९ देखि २४ वर्षसम्म रहेको छ ।
त्यसैगरी सिटिजन शुभारम्भ योजना ९सावधिक प्लस० बीमालेखमा बिमितलाई प्रतिवर्ष प्रतिहजार न्यूनतम ३५ रुपियाँदेखि अधिकतम ७५ रुपियाँ बोनस दिने निर्णय कम्पनीले गरेको छ । त्यसैगरी सावधिक (रेगुलर) जीवन बीमालेखका बिमितले भने न्यूनतम ३८ रुपियाँदखि अधिकत ७३ रुपियाँसम्म पाउनेछन् ।
अर्को योजना सिटिजन बाल भविष्य योजना (सावधिक) तथा सिटिजन बाल भविष्य योजना प्लस (सावधिक बीमालेख) मा आबद्ध बिमितले न्यूनतम ४० रुपियाँदेखि अधिकतम ६७ रुपियाँसम्म बोनस दर पाउनेछन् । साथै सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवनसारथि योजना) का बिमितलाई न्यूनतम ३८ रुपियाँदेखि अधिकतम ८० रुपियाँसम्म बोनस दर दिइने पनि कम्पनीले जनाएको छ ।
माथिको बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधिक भुक्तानी दाबी, समर्पण मूल्य, चुक्तामूल्य तथा चालू बीमालेखमा समेत लागू हुने र कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि उल्लिखित दाबीहमा समेत सोही बोनस दर लागू हुने कम्पनीले जनाएको छ ।