काठमाडौं । मल्टिस्टार फिल्म ‘कार्साङ’ को भव्य प्रिमियर शो सम्पन्न भएको छ । बुधबार बेलुका कमलपोखरीस्थित बिग मूभिजमा आयोजित समारोहमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मी, मिडिया र शेर्पा समुदायको बाक्लो सहभागिताका बीच फ्लिमको प्रिमियर शो भएको हो ।
प्रिमियरमा जितु नेपाल, दीया मास्के, डेब्यु अभिनेत्री सिर्जना निङलेखु लगायत उपस्थित रहेको थियो । तथापि, शोमा अभिनेता दयाहाङ राई भने सहभागि देखिएनन् ।
शेर्पा समुदायको पोशाकमा समुदायका व्यक्तिहरूको समेत उपस्थितिमा भएको प्रिमियरमा शेर्पा समुदायको झाँकी र बाजाको समेत प्रस्तुत दिइएको थियो । याम शेर्पा निर्देशित फिल्म शुक्रबारदेखि देशब्यापी १३० शोसहित प्रदर्शन तयारीमा छ ।