काठमाडौं। मंगललबार बिहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान करिब ६ः५० चीनको सिगाात्से, दिङ्गे केन्द्रविन्दु भएर ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु दिङ्गे सिगात्सेबाट करिब ३५ किलोमिटर टाढा रहेको छ ।
तथापि, उक्त क्षेत्रमा गएको भूकम्पको ठूलो धक्का नेपालमा महशुस भएको छ । २०७२ सालपछि सयौं पटक सानातिना भूकम्पको धक्का महशुस गरिएपनि आज निकै ठूलो धक्का महशुस भएको छ ।
बिहानै ठूलो भूकम्पको धक्का महशुस गरिएपछि मान्छेहरु घर छाडेर बाहिर निस्किएका थिए ।