+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लल्फिन नेट कम्युनिकेसनको लाइसेन्स खारेज

जनवाच
३ महिना अगाडी

काठमाडौं । निजी इन्टरनेट सेवाप्रदायक डल्फिन नेट कम्युनिकेसन प्रा.लि.को अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (इमेलसहितको) सेवा सञ्चालन गर्न अनुमति प्राप्त डल्फिन नेट कम्युनिकेसनको लाइसेन्स खारेज गरेको हो ।

कम्पनीले तोकिएको समयावधिभित्र लाइसेन्स नवीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको प्राधिकरणले जनाएको छ । लाइसेन्स पुस ६ गतेदेखि खारेज गरिएको हो ।

साथै, कम्पनीलाई सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमबारे ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न प्राधिकरणले निर्देशन समेत दिएको छ । अन्यथा, कानुनअनुसार कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ