+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महुली लघुवित्तको एफपीओ आज बाँडफाँड हुँदै, कतिले पाउँछन् शेयर ?

जनवाच
३ महिना अगाडी

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले पुस ५ गतेदेखि पुस ९ गतेसम्म निष्काशन खुला गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार शुक्रबार बिहान १०ः३० बजे आफ्नै कार्यालय नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

उक्त कम्पनीको एफपीओमा १७ लाख ८५ हजार ८ सय ५३ जनाको आवेदन परेको छ । २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपियाँबराबरको २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपियाँ बराबरको प्रतिकित्ता १ सय रुपियाँ अंकित मूल्यको ४ लाख ७५ हजार ४ सय ४९ कित्ता एफपीओ निष्काशन गरेको थियो ।

उक्त शेयर ४७ हजार ५ सय ३५ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ताका दरले पाउने छन् । यसरी हेर्दा १७ लाख ३८ हजार बढीको हात खाली हुने निश्चित छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ