+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मध्यपुरले संस्कृतिलाई नासिन दिने छैन : मन्त्री पाण्डे

जनवाच
३ महिना अगाडी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मध्यपुर थिमि नगरपालीकाले संस्कृतिलाई कहिलै नासिन नदिने विश्वास व्यक्त गरेका छन् । आइतबार मध्यपुर थिमि नगरपालीकाले आयोजन गरेको मध्यपुर महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

महोत्सवको अवलोकन गर्दै मन्त्री पाण्डेले देशभर गरिने महोत्सवहरुले पनि भक्तपुरबाट सिक्नु पर्ने बताए । भौगोलिक रुपमा सानो नगरपालिका भए पनि यो नगरले विशाल संस्कृतिको संरक्षण गरेको उहाको तर्क थियो ।

उनले महोत्सवमा प्रस्तुत गरिएका हरेक कुरालाई हेर्दा यो महोत्सव नभएर खुला संग्रहालयको रूपमा रहेको समेत उल्लेख गरे ।

यस्तै मन्त्री पाण्डेले हाम्रो संस्कृति र जीवनपद्धति कसरी हुर्काएका थिए भन्ने समेत यो महोत्सवले प्रष्ट पारेको बताए। तीन दिनसम्म संचालन भएको महोत्सवमा पाँच लाखभन्दा बढीले अवलोकन गरेका थिए । महोत्सवमा स्थानीय उत्पादन मात्र प्रदर्शन तथा बिक्री वितरण गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ