+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोशी प्रदेशमा पाँच महिनामा २४९८ वटा सवारी दुर्घटना, १९१ जनाको मृत्यु

जनवाच
३ महिना अगाडी

काठमाडौं। पूर्व कोशी प्रदेशमा चालु आर्थिक वर्षमा सवारी दुर्घटना र सोबाट मृत्यु हुनेहरुको संख्यामा तीब्रता देखिएको छ । आर्थिक वर्षको पाँच महिनामा मात्र प्रदेशभित्र दुई हजार ९२ मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएको इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताए ।

‘पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ,’ उनले दुर्घटनाको कारण बताउँदै भने, ‘तीव्र गतिमा लापर्वाहीपूर्वक मोटरसाइकल चलाउँदा मानव क्षति धेरै भएको छ ।’

सवारी दुर्घटनामा परी सो अवधिमा १९१ जनाको मृत्यु भएको छ भने ३२७ जना गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ